Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • माधव नेपाल र फान्सेली राजदूतबीच भेटवार्ता, दुई देशको सम्बन्धलाई थप बलियो बनाउने प्रयत्न

    माधव नेपाल र फान्सेली राजदूतबीच भेटवार्ता, दुई देशको सम्बन्धलाई थप बलियो बनाउने प्रयत्न

    अनलाइन नेपाल
  • मंगलबार, २६ असोज २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । नेपालका लागि फ्रान्सका नवनियुक्त राजदूत गिल्स बोर्बाओ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

    नेपाल-फ्रान्स पार्लियामेन्टरी कमिटीका संयोजक समेत रहेका नेपाललाई मंगलबार भेटेर राजदूत गिल्सले नेपाल र फ्रान्सबीचको सम्बन्धलाई थप बलियो र सुमधुर बनाउन प्रयत्न गर्ने बताएका छन् ।



    भेटमा राजदूत बोर्बाओले नेपाल आउन पाउॅदा खुसी लागेको बताउॅदै आफ्नो कार्यकालमा नेपाल र फ्रान्स बीचको सम्बन्धलाई उचाइँमा पुर्‍याउने बताएका हुन् ।



    अध्यक्ष नेपालले नवनियुक्त राजदूत बोर्बाओलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिए ।

    भेटका अवसरमा नेपाल-फ्रान्स सम्बन्ध, सहयोग र सहकार्यको इतिहास, वर्तमान र भविष्यका संभावनाका विषयमा कुराकानी भएको नेकपा समाजवादी पार्टीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार