Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सशस्त्र प्रहरीले नवमी र दशमीमा निःशुल्क बस सेवा सञ्चालन गर्ने

    सशस्त्र प्रहरीले नवमी र दशमीमा निःशुल्क बस सेवा सञ्चालन गर्ने

    अनलाइन नेपाल
  • मंगलबार, २६ असोज २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बलले दसैंको दुई दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। महानवमी र विजयादशमीको दिन एपिएफले काठमाडौंमा निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको हो।

    एपिएफका अनुसार यो सेवा २८ गते बिहीबार बिहान १० बजेदेखि २९ गते शुक्रबार साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। बस दुइटा रूटमा सञ्चालन भई चक्रपथ परिक्रमा गर्नेछ।



    पहिलो रूटमा एपिएफको प्रधान कार्यालय हलचोकदेखि वनस्थली, बसुन्धारा, चाबहिल, कोटेश्वर, सातदोबाटो, कलंकी हुँदै हलचोक फर्किनेछ।



    दोस्रो रूटमा हलचोकबाट स्वयम्भू चोक, कलंकी, सातदोबाटो, कोटेश्वर, चाबहिल, वनस्थली हुँदै हलचोकसम्म बस गुड्ने एपिएफले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार