Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • श्रममन्त्री किसानको सम्पत्ति २६ करोड भन्दा बढि, ७० तोला सुन

    श्रममन्त्री किसानको सम्पत्ति २६ करोड भन्दा बढि, ७० तोला सुन

    अनलाइन नेपाल
  • बुधबार, २७ असोज २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले मन्त्री नियुक्त भएको चार दिनभित्रै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

    उनले सार्वजनिक गरेको विवरणमा २६ करोड भन्दा बढिको सम्पत्ति देखाएका छन् भने दाइजोमा लिएको २० तोला सुन सहित ७० तोला सुन रहेको उल्लेख गरेका छन् । योसमेत उनीसँग कुल ७० तोला सुन रहेको छ, जसको अहिले बजारमूल्य ६३ लाखभन्दा बढी हुन आउँछ ।



    त्यसैगरी उनले सार्वजनिक गरेको विवरणमा काठमाडौंका तीन स्थानमा जग्गा छन् । ती जग्गाको खरिद मूल्य श्रेष्ठले विवरणमा उल्लेख गरेका छन् । काठमाडौँ महानगरपालिका–९ मा कित्ता नम्बर ११४, ०–८–०–० क्षेत्रमा भएको जग्गा उनले ७४ लाख ७५ हजार २५६ रुपैयाँ ९९ पैसामा खरिद गरेका थिए ।



    त्यस्तै काठमाडौं–३ मा कित्ता नम्बर १०८, ४२९.१४ क्षेत्रमा रहेको जग्गाको खरिद मूल्य ३९ लाख रुपैयाँ रहेको छ भने काठमाडौँ–१ मा कित्ता नम्बर २१५१, २१५२, २२२७ र २४९४, ०–८–३–३ क्षेत्रमा रहेको जग्गाको खरिद मूल्य ६९ लाख रहेको विवरणमा उल्लेख छ ।

    मन्त्री श्रेष्ठका काठमाडौंमै दुईवटा घर छन् । काठमाडौँ महानगरपालिका–३ मा साढे दुई तलाको घर छ भने काठमाडौँ–९ धापासीमा सात तलाको व्यवसायिक घर रहेको छ । हाल मौज्दातमा रहेको घर तथा जग्गा जम्मा नौ करोड ६९ लाख ७३ हजार ५० रुपैयाँ मूल्य बराबरको रहेको उल्लेख छ ।

    उनले विभिन्न कम्पनीमा दुई करोड १७ लाख, २४ हजार ४०० मूल्य बराबरको सेयर लगानी रहेको विवरणमा उल्लेख छ । यस्तै, उनले २० वटा व्यावसायिक कम्पनीहरुमा १४ करोड ५६ लाख २६ हजार मूल्य बराबरको लगानी गरेका छन् ।

    नेपालमा सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । तर मन्त्री श्रेष्ठले भने चार दिनमै सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार