Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • खसीबोकाको मूल्य घट्दा च्याङ्ग्राको छोइनसक्नु

    खसीबोकाको मूल्य घट्दा च्याङ्ग्राको छोइनसक्नु

    अनलाइन नेपाल
  • बुधबार, २७ असोज २०७८
  • 1.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । फुलपातीमा समेत बजारमा सर्वसाधारणको चहलपहल कम भएपछि व्यवसायीले खसीबोकाको मूल्य घटाइएको छ । भारतबाट समेत पर्याप्त मात्रामा खसीबोका आयात भएपछि चौपाया व्यवसायी संघ कलंकीले मंगलबार किलोमा २० रुपैयाँ घटाएको जनाएको छ ।

    खसीबोकाको मूल्य २० रुपैयाँ घटेपनि च्याङ्ग्राको मूल्य भने आकाशिएको छ । सरकारले यो वर्ष च्याग्रा विक्री नगरेपछि ब्यापारीहरुले ल्याएको च्यङ्ग्राको मूल्य छोइनसक्नु रहेको उपाभोक्ताहरुले जनाएका छन् । खसीबोका फूलपातीदेखि नवमीसम्म बिक्री हुने हुँदा व्यवसायीहरूले थप मगाइरहेका छन् । तर, ब्यापार भने कम भएको उनीहरुको भनाई छ । यद्यपी खसीबोका उपत्यका भित्रिने क्रम अझै जारी नै छ । जसले गर्दा मूल्य घटेको संघले जनाएको छ ।



    संघका अनुसार सोमबारसम्म कलंकी बजारमा स्वदेशी खसीबोका प्रतिकिलो ७ सय रुपैयाँसम्ममा बिक्री भएको थियो । मंगलबार प्रतिकिलो ६ सय ५० रुपैयाँदेखि ६ सय ८० रुपैयाँमा बिक्री भएको छ । दसैंका लागि खसीबोका मुख्यतः फूलपाती, अष्टमी र नवमीमा बिक्री हुन्छ ।



    यता, च्याङ्ग्राको मूल्य भने छोइनसक्नु छ। चीनबाट च्याङ्ग्रा आयात नहुँदा बिचौलियहरु घुसेर मूल्य बढाएको उपभोक्ताहरुको आरोप छ । व्यवसायीका अनुसार किसान र उपभोक्तासम्म आइपुग्दा तीन तह पार गर्नुपर्छ । जसले गर्दा मूल्य बढेको हो । अहिले बजारमा एउटै च्याङ्ग्राको मूल्य झण्डै ४० हजार रुपैयाँ परेको छ ।

    महँगोकै कारण यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले च्याङ्ग्रा आयात गरेन । खाद्यले दसैंका लागि एक हजार च्याङ्ग्रा आयात गर्ने जनाए पनि खरिद गर्न सकेन । त्यसैले पनि च्याङ्ग्रामा विचौलिया हावी भएका हुन् । यसरी दशैंमा उपभोक्ताको ढाड सेकाउने गरी च्याङ्ग्रा ब्यापारमा विचौलिया हावी हुँदा समेत सरकार भने रमिते बनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार