Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • बेलायतमा नेपालीले मनाए दशैँ

    बेलायतमा नेपालीले मनाए दशैँ

    अनलाइन नेपाल
  • बुधबार, २७ असोज २०७८
  • 1.7K
    SHARES

    लण्डन। पिटरवरोमा रहेका नेपालीहरूले दशैं भव्य रूपमा मनाएका छन् । पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित दशैं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।

    पिटरवरो नेपाली समाजका अध्यक्ष हरिहर भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली दूतावास लण्डनका प्रतिनिधि रामबाबु नेपाल, पिटरवरो सिटी काउन्सिलर गुल नवाज, सिटी काउन्सिल सदस्य महम्मद रन्जेब लगायत अतिथिको रूपमा उपस्थित थिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली दूतावासका प्रतिनिधि नेपालले नेपाली दूतावास वेलायतस्थित नेपाली समुदायसंग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।



    तीन सय भन्दा बढी नेपालीको उपस्थिती रहेको सो कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष भिम खनालले गरे । पिटरवरो नेपाली समाजलाई आफ्ना गतिविधी गर्नको लागि स्थानिय काउन्सिल हालै मात्र सरकारी भवन उपलब्ध गराएको थियो ।



    कार्यक्रममा सो भवन प्राप्त गर्नको लागि आवश्यक  सहयोग गर्ने सबैप्रति संस्थाका निवर्तमान अध्यक्ष शिव भण्डारीले धन्यवाद प्रकट गरे । कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरु, ट्रष्टी, स्थानीय व्यवसायी तथा समाजसेवीहरुको बाक्लो उपस्थिती थियो । कार्यक्रमको संचालन संस्थाका महासचिव कृष्ण लुईंटेलले गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार