Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • दिल्लीलाई हराउँदै कोलकत्ता फाइनलमा

    दिल्लीलाई हराउँदै कोलकत्ता फाइनलमा

    अनलाइन नेपाल
  • बिहिबार, २८ असोज २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । कोलकत्ता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

    बुधबार राति सारजाहमा भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै कोलकाता फाइनलमा पुगेको हो ।



    दिल्लीले दिएको १ सय ३६ रनको सामान्य लक्ष्य कोलकत्ताले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।



    कोलकत्ताको जितमा भेन्कटेस एयरले ५५ रनको अर्धशतकीय इनिङ्स खेले ।

    दिल्लीका कागिसो राबडा, एन्रिच नोर्किया र रविचन्द्र आश्विनले २/२ विकेट लिए ।

    यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो ।

    दिल्लीका लागि शिखर धवनले ३६ रन जोड्दा श्रेयस एयरले अविजित ३० रन बनाए ।

    कोलकत्ताका वरुण चक्रवर्तीले २ विकेट लिए । लक्की फर्गुसन र शिबम माभीले १/१ विकेट लिए ।

    अब फाइनलमा शुक्रबार कोलकत्ताले चेन्नई सुपर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार