Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • तस्बिरमा हेर्नुहोस् सर्बसाधारणदेखि हिरोइनसम्मको दसैँ टीका

    तस्बिरमा हेर्नुहोस् सर्बसाधारणदेखि हिरोइनसम्मको दसैँ टीका

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असोज २०७८
  • 2.8K
    SHARES

    काठमाडौं । हिन्दू नेपालीहरुको महान पर्व विजाया दशमी २०७८ सालको मुख्य दिन आज टिका तथा जमरा लगाएर मनाईंदै छ ।

    विजयादशमीका दिन आज बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको थियो । साइत पछि पनि टिका तथा जमरा लगाई आफूभन्दा ठूलाबाट आशिर्वाद ग्रहण गरिहेका छन् ।





    नौ दिनसम्म पूजा अर्चना गरेको जमरा अनि दही, रातो अबिर, केरा र चामलसहितको सम्मिश्रणबाट तयार पारिएको रातो बाक्लो अक्षताले निधार भरिने टीका नै विजया दशमीको महत्वपूर्ण सकल परिवार एकै ठाउँमा बसेर, घरको मूलखाँबो पूजा गरेर उमेर क्रमानुसार ठूला अनि क्रमशः सानाहरूले टीका, जमरा र आर्शिवाद थाप्ने चलन छ ।

    टिका लगाउन आफूभन्दा ठूला मान्यजन कहाँ जाने गर्छन् । घरको मूल टीका लगाएर सुसुराली, मामाघर या ठूल बा, दाजु अनि अन्य मान्यजन कहाँ पुग्ने चलन छ ।

    टीका लगाउँदा महिला र पुरुषलाई भिन्न–भिन्न आर्शिवाद दिने गरिन्छ । हेरौँ सेलेब्रिटीदेखि सर्बसाधारणले दसैँमा टिका ग्रहण गरेका केही तस्बिरहरु :

    (सबै तस्बिरहरु सामाजिक सन्जाल)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार