Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • चेन्नईले जित्यो चौंथो पटक आईपीएलको उपाधि

    चेन्नईले जित्यो चौंथो पटक आईपीएलको उपाधि

    अनलाइन नेपाल
  • शनिबार, ३० असोज २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । कोलकत्ता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नई सुपर किंग्सले १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ।

    चेन्नईले चौंथो पटक आईपीएलको उपाधि जितेको हो । यसअघि सन् सन् २०१०, २०११ र २०१८ मा महेन्द्र सिंह धोनीकै कप्तानीमा चेन्नईले उपाधि जितेको थियो।



    शुक्रबार राति दुबई अन्तर्राष्ट्रिय स्टेडियममा कोलकत्ताले चेन्नईले दिएको १९३ रनको लक्ष्य पछ्याउने क्रममा २० ओभरमा १६५ रन मात्र बनाउन सक्यो।



    कोलकाताका लागि शुबमन गिलले ५१ तथा भेकंटेस ऐयरले ५० रन को योगदान दिए।

    चेन्नईको बलिंगमा शार्दुल ठाकुरले सर्वाधिक ३ तथा जडेजाले २ र दिपक चाहर तथा ड्वेन ब्राभोले समान १/१ विकेट लिए।

    यसअघि टस हारेर ब्याटिंग गरेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट क्षतिमा १९२ रन बनाएको थियो।

    चेन्नईका लागि फाफ डु प्लेसिसले सर्वाधिक ८६ रन बनाए। यस्तै मोईन अलीले २० बलमा २ चौका र ३ छक्का मद्दतले अविजित ३७ रन बनाए । रुतराज गायकवाडले ३२ तथा रोबिन उथप्पाले १५ बलमा ३ छक्का मद्दतले ३१ रन बनाए।

    कोलकाताको बलिंगमा सुनिल नारायणले २ तथा शिभम माभीले १ विकेट लिए।

    चेन्नईले पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै फाइनल पुगेको थियो। कोलकाता भने इलिमिनेटरमा रोयल च्यालेन्जर्स बेंगलोर र दोश्रो क्वालिफायरमा दिल्लीलाई पराजित गर्दै फाइनल पुगेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार