Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • माधव नेपालले कान्छो भाइलाई केन्द्रीय सदस्य बनाएपछि नेकपा एसभित्र रडाको

    माधव नेपालले कान्छो भाइलाई केन्द्रीय सदस्य बनाएपछि नेकपा एसभित्र रडाको

    अनलाइन नेपाल
  • आइतबार, ३१ असोज २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीलाई पूर्णता दिएर अन्तर पार्टी निर्देशन जारी भएसँगै पार्टीभित्र असन्तुष्टी बढेको छ ।

    केन्द्रीय कमिटीमा केही नेताले आफ्ना मान्छे टिपेर ल्याएको र मापदण्ड तथा विधि पद्दतिलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टी बढ्न थालेको हो ।



    नेता तथा कार्यकर्ताहरुले सबैभन्दा असन्तुष्टि त अध्यक्ष समेत रहेका माधवकुमार नेपाल माथि नै पोखेका छन् । हिजो तत्कालीन नेकपा र एमालेमा केपी ओलीले विधि पद्दति र मापदण्ड नमानेको भनेर विद्रोह गरेका नेताहरूले नै नेकपा एसमा व्यक्तिवादी प्रवृति देखाएको भन्दै विरोध शुरु भएको हो ।



    अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले नेकपा एसका अन्य सबै जनवर्गीय संगठनका अध्यक्षहरु पार्टीको केन्द्रीय सदस्य मनोनित भए पनि अनेरास्ववियूका अध्यक्षलाई भने केन्द्रीय सदस्य नबनाई उनीभन्दा जुनियर र नेताका पिएहरूलाई पार्टीको केन्द्रीय कमिटीमा मनोनित गरिएको भन्दै आक्रोश पोखेका छन् ।

    पराजुलीले भने आफू केन्द्रीय कमिटीमा नपरेकोमा कुनै गुनासो नरहेको तर केही नेताले माधव नेपाललाई समेत गुमराहमा राखेर केन्द्रीय सदस्यहरूको छनौट गरेको बताएका छन् । केन्द्रीय कमिटी सदस्यको चयनप्रति पार्टीका पदाधिकारीहरुले समेत असन्तुष्टी व्यक्त गरेका छन् ।

    त्यसो त अध्यक्ष नेपालले पेशाले इन्जिनियर रहेका आफ्ना कान्छा भाइलाई पनि केनद्रीय सदस्य बनाएका छन् । अध्यक्ष नेपालले कान्छा भाइ सरोज कुमार उपाध्यायलाई पार्टीको केन्द्रीय सदस्य बनाएका हुन् । पार्टीमा विधि पद्दति र मापदण्ड बिना केन्द्रीय सदस्य मनोनित गरेको भनेर असन्तुष्टी बढिरहेका बेला अध्यक्ष नेपालका भाइ सरोज वैकल्पिक केन्द्रीय सदस्य बनेका हुन् ।

    पेशाले इन्जिनियर रहेका उनलाई पछिल्लो कार्य विभाजनमा विज्ञान प्रविधि विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । उनी केन्द्रीय कमिटीको ३ सय २३ औं नम्बरमा समेटिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार