Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • लोकसेवा आयोगलाई गाली गर्दा कालोसूचीमा परे झा

    लोकसेवा आयोगलाई गाली गर्दा कालोसूचीमा परे झा

    अनलाइन नेपाल
  • आइतबार, ३१ असोज २०७८
  • 1.5K
    SHARES

    जनकपुरधाम । लोकसेवा आयोगले गाली गरेको भन्दै एकजना आवेदनकर्तालाई एक वर्षका लागि कालोसूचीमा राखेको छ । प्रदेश–२ को लोकसेवा आयोगले महोत्तरीको एकडारा गाउँपालिकाको बथनाहा टोल निवासी प्रनित कुमार झालाई एक बर्षका लागि कालोसूचीमा राखेको हो ।

    गत असोज ६ गतेको निर्णय अनुसार झालाई एक बर्षका लागि कालोसूचीमा राख्ने निर्णय भएको हो । यो अवधीमा झालाई कुनै पनि लिखित परीक्षामा समावेश नगराउने निर्णय भएको प्रदेश–२ को लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्र यादवले जानकारी गराए ।



    कर्मचारी भर्नाका निम्ति आयोगले विज्ञापन आह्वान गरेपछि झाले अनलाइन मार्फत् आवेदन दिएका थिए । तर, उनको केही कागजात अपुग भएकाले आयोग कर्मचारीले इमेल मार्फत् ती कागजात माग गरेका थिए । तर, झाले गालीगलौज गर्दै इमेल पठाएको आयोगले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार