Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • अचानक जङ्गी अड्डा पुगेर रक्षामन्त्रीले भने–नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि प्रयत्न गर्छु

    अचानक जङ्गी अड्डा पुगेर रक्षामन्त्रीले भने–नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि प्रयत्न गर्छु

    ‘जस्तोसुकै परिस्थितिमा पनि जिम्मेवारी निर्वाह गर्न नेपाली सेना कटिबद्ध छ’

    अनलाइन नेपाल
  • आइतबार, ३१ असोज २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । रक्षामन्त्री डा. मीनेन्द्र रिजालले जंगी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । भ्रमणका क्रममा आज रक्षामन्त्री रिजालले राष्ट्रिय सुरक्षाको प्रवर्द्धन तथा नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि प्रयत्न गर्ने बताए ।

    जङ्गी अड्डाले जनाए अनुसार रक्षामन्त्री रिजालले सेनाले प्राथमिकतामा राखेका कार्यहरुको कार्यान्वयनमा श्रोतको सुनिश्चितताका लागि प्रयत्न गर्ने प्रतिवद्धता जनाएका छन् ।



    प्रधानसेनापति प्रभुराम शर्माले पनि रक्षामन्त्रीलाई स्वागत गर्दै नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न कटिबद्ध रहेको बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार