Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • बंगलादेशमा आज पनि हिन्दूहरुमाथि आक्रमण, कम्तीमा ७ जनाको मृत्यु

    बंगलादेशमा आज पनि हिन्दूहरुमाथि आक्रमण, कम्तीमा ७ जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ३१ असोज २०७८
  • 6.9K
    SHARES

    काठमाडौं । बंगलादेशको राजधानी ढाकामा लगातार दोस्रो दिन पनि प्रदर्शन जारी छ । मुस्लिमहरुको धर्मग्रन्थ कुरानलाई एक हिन्दु मन्दिरको मूर्तिको खुट्टा मुनि राखेको तस्विर भाइरल भएपछि देशभर हिन्दुहरुमाथि आक्रमण भइरहेका छन् ।

    देशका विभिन्न स्थानमा मन्दिरहरूमाथि तोडफोड भएका छन् ।शनिबार करिब १० हजार प्रदर्शनकारीहरु इस्लामिक राजनीतिक दलहरुको झण्डा बोकेर ढाकाको सडकमा उत्रिएका थिए ।



    शुक्रबार सोही स्थानमा भएको प्रदर्शनमा प्रहरीसँग झडप भएको थियो । उनीहरुले इस्लामका दुश्मनहरुलाई सजाय दिन र दोषीलाई झुण्डाउन माग गर्दै नाराबाजी गरेका थिए ।



    द गार्जियानका अनुसार पछिल्लो हिंसामा कम्तिामा ७ जनाले ज्यान गुमाइसकेका छन् । हिन्दुहरुमाथि आक्रमण बढेपछि हिन्दु समुदायका कबिर १ हजार जनाले पनि प्रदर्शन गरेका छन् । बंगलादेशमा कूल जनसंख्याको करिब ९ प्रतिशत हिन्दु रहेका छन् ।

    यता, बीबीसीका अनुसार बंगलादेशका सूचना एवम् प्रशारण मन्त्री हसन महमूदले कोमिल्लामा कुरानको कथित अपमानलाई लिएर भएको हिंसामा बंगलादेशको नेशनलिस्ट पार्टीलाई जिम्मेवार बताएका छन् । – एजेन्सी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार