Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • श्रीमतीको गर्भ तुहियो, बोक्सीको आरोपमा भाउजुको हत्या

    श्रीमतीको गर्भ तुहियो, बोक्सीको आरोपमा भाउजुको हत्या

    अनलाइन नेपाल
  • आइतबार, ३१ असोज २०७८
  • 2.2K
    SHARES

    महोत्तरी – प्रहरीले बोक्सीको आरोप लगाएर भाउजुको हत्या गर्ने देवरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर ३ स्थित मडै बस्ने सञ्जय झा रहेका छन्।

    सञ्जयले ४२ वर्षीया शिलादेवी झालाई बोक्सीको आरोप लगाउँदै हत्या गरेको प्रहरीको भनाई छ। भाउजुसँग लेनदेनको समस्या रहेको र घरमा विभिन्न समस्याहरू एक्कासि आएको कारण बोक्सीको आरोपमा तीन महिलाको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ।



    शिलादेवी घरमा सुतिरहेकै अवस्थामा बिहीबार टाउकोमा हथौडा प्रहार गरी उनका देवर झाले हत्या गरेको पुष्टि भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिएका छन्।



    आरोपित सञ्जय हाल जनकपुरधाम उपमहानगरपालिका २४ स्थित सोनापाडामा बसेर ज्यालादारीको काम गर्दै आएका थिए। हत्या गर्नु पूर्व सञ्जय बुधबार राति जनकपुरबाट साइकलमा घर पुगेका थिए। बिहीबार बिहान ३ बजेको समयमा शिलादेवी सुतिरहेकै स्थानमा हथौडाले टाउकोमा हानेर हत्या गरी पुनः जनकपुर फर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

    शिलादेवीले दिएको केरा खाँदा सञ्जयकी श्रीमती रिंकु झाको गर्भ तुहिएको र मुखबाट फिज आएर विभिन्न अस्पतालमा उपचार गराउँदा समेत ठिक नभएकाले उनी बोक्सी नै रहेको भन्दै सञ्जयले भाउजूको हत्या गरेको बताइएको छ।

    भाउजुको हत्या नगर्दा परिवार सुखसँग बस्न नसक्ने भन्दै सञ्जयले हत्या आरोप स्वीकार गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार