Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • बेलायतका सांसदको हत्यामा आतंककारीको हात रहेको आशंका

    बेलायतका सांसदको हत्यामा आतंककारीको हात रहेको आशंका

    अनलाइन नेपाल
  • सोमबार, १ कार्तिक २०७८
  • 1.4K
    SHARES

    एजेन्सी – बेलायतका एकजना सांसदको हत्यामा आतंककारीको हात रहेको अनुमान गरिएको छ । प्राप्त समाचारअनुसार उनको हत्यामा आतंककारीको हात रहेको खुलेको हो ।
    सांसद डेभिड अमेशको शुक्रबार हत्या भएको थियो । एक अज्ञात व्यक्तिले छुरा प्रहार गरेर उनको हत्याको गरेको थियो ।

    उनको हत्याको आरोपमा एक अजनालाई पक्राउ गरेको छ । प्रहरीले उनले नै हत्या गरेको अनुमान गरेको बताइएको छ । तर ती व्यक्तिको परिचय भने खोलिएको छैन । यहाँको प्रहरीले उक्त हत्यामा आतंककारी समुदायका व्यक्तिको हात रहेको जनाएको हो ।



    प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ तर पनि अरु कुनै व्यक्तिलाई पक्राउ भने गरेको छैन । आफ्नो निर्वाचन क्षेत्रमा कार्यकर्ताहरुसँग भेटघाट गरिरहेका बेला ती सांसदको हत्या भएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार