Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • केपी ओली असफल प्रधानमन्त्री : मन्त्री झाँक्री

    केपी ओली असफल प्रधानमन्त्री : मन्त्री झाँक्री

    अनलाइन नेपाल
  • सोमबार, १ कार्तिक २०७८
  • 3.7K
    SHARES

    पाल्पा। शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले केपी शर्मा ओलीलाई असफल प्रधानमन्त्रीको संज्ञा दिएकी छन् । ओली प्रधानमन्त्री हुँदा जनताको पक्षमा काम गर्ने मौका पाएपनि उनी त्यसमा असफल भएको बताएकी छन् । केपी ओलीले आधार बिनाका हावादारी गफ गरेर समय खेर फालेको पनि उनले आरोप लगाइन् ।

    नेपाल पत्रकार महासंघ पाल्पाले सोमबार तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जस्तो अवसर कसैले नपाएको दाबी गर्दै ओली एक्लै हिँडने प्रयास गर्दा नेकपा एमालेमा विद्रोह र भत्किने प्रक्रिया शुरु भएको बताइन् ।



    कार्यक्रममा बोल्दै उनले भनिन्–‘नयाँ संविधान कार्यान्वयन गरेर मुलुकलाई आर्थिक, सामाजिक रुपान्तरण गर्ने मौका उहाँमा थियो । त्यो मौकामा आफ्नै बहुमतको सरकार थियो । सामान्य समन्वय नगरेर एक्लै हिँडने जुन प्रयास गर्नुभयो, र सुशासन होइन्, कुशासन दिने जुन प्रयास गर्नुभयो त्यसैबाट बिद्रोह र भत्किने प्रक्रिया शुरु भएको हो ।’



    आफूहरु अलग पार्टीमा बस्ने अवस्थाको कारक केपी ओली रहेको उनको उनले भनिन्–‘उहाँले पार्टीलाई सही ढंगले चलाउनुभएन् । राज्यसत्ता सही ढंगले चलाउनुभएन् । जवाफदेहीता दिनुभएन् । हावाका गफ गर्नुभयो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार