Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • कर्मचारीलाई श्रममन्त्रीको निर्देशन, ‘हामी जनताका सेवक हौँ, काममा ढिलाई नहोस्’

    कर्मचारीलाई श्रममन्त्रीको निर्देशन, ‘हामी जनताका सेवक हौँ, काममा ढिलाई नहोस्’

    अनलाइन नेपाल
  • सोमबार, १ कार्तिक २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सेवा प्रवाहलाई चुस्त बनाउन निर्देशन दिएका छन् । बबरमहलस्थित सामाजिक सुरक्षा कोष र वैदेशिक रोजगार बोर्डको आज निरीक्षणपछि मन्त्री श्रेष्ठले सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन कर्मचारीलाई निर्देशन दिएका हुन् ।

    सरकारी सेवा जनताले छिटोभन्दा छिटो पाउनुपर्ने भन्दै मन्त्री श्रेष्ठले ढिलासुस्ती नगर्न निर्देशन दिए । “हामी जनताका सेवक हौँ, काममा ढिलाइ नहोस्,” उनले भने, “केही समस्या परे सहजीकरण गर्न म तयार छु ।”



    सोही क्रममा मन्त्री श्रेष्ठले दुवै कार्यालयबाट प्रवाह भइरहेका सेवाका बारेमा जानकारी लिएका थिए । मन्त्री श्रेष्ठले आइतबार मन्त्रालयमा कार्यरत श्रमिकहरूका गुनासो सुन्दै काम सुरुवात गरेका थिए ।



    यसैगरी मन्त्री श्रेष्ठले विदेशमा रहेका नेपालीको उद्धारमा सहयोग गर्न आग्रह गरेका छन् । यूएई र साउदी अरबका राजदूतसँग भेटघाट गर्दै मन्त्री श्रेष्ठले यूएई र साउदी अरबमा अलपत्र परेका, मृत्यु भएका र जेलमा रहेका नेपाली श्रमिकको उद्धारमा आवश्यक सहयोग गर्न आग्रह गरेका हुन् ।

    विभिन्न कारणले विदेशमा अलपत्र परेका र जेलमा रहेका नेपाली श्रमिक दाजुभाइ तथा दिदीबहिनीलाई छिटोभन्दा छिटो नेपाल फर्काउन श्रममन्त्री श्रेष्ठले सम्बन्धित राजदूतलाई आग्रह गरेको सचिवालयले जनाएको छ ।

    मन्त्री श्रेष्ठसँग यूएईका राजदूत साइद हमदार मोहम्मद अल नक्की र साउदी अरबका राजदूत मुसेद वनि सुलेमानले महाराजगञ्जस्थित मन्त्री श्रेष्ठको निवासमा भेटघाट गरेका थिए । सो अवसरमा राजदूतहरुले श्रममन्त्री श्रेष्ठलाई बधाई ज्ञापन गर्दै दुई देशबीचको हितका लागि आपसी समझदारीमा काम गर्ने बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार