Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • भारतको उत्तराखण्डमा तीन नेपालीको मृत्यु

    भारतको उत्तराखण्डमा तीन नेपालीको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १ कार्तिक २०७८
  • 6.1K
    SHARES

    काठमाडौं । भारतको उत्तराखण्डमा पहिरोमा परी ३ नेपालीको मृत्यु भएको छ। अविरल वर्षापछि आएको बाढीपहिरोमा परी तीन नेपाली श्रमिकको मृत्यु भएको हो।

    मृतकहरु होटल निर्माणमा खटिएका श्रमिकहरु समखल भन्ने स्थानमा टेण्टमा बसेको र त्यँहा पहिरो खसेको जिल्ला धिकारी विजयकुमार जोगदान्डेले जानकारी दिएका छन्। उनका अनुसार लगातारको वर्षाका कारण माथिल्लो भागबाट जमिन खस्दा उनीहरु पुरिएका हुन्।



    पहिरोमा अन्य दुई नेपाली घाइते भएका छन्। उनीहरुलाई अस्पताल भर्ना गरिएको छ। भारतका अन्य स्थानमा पनि बाढी र पहिरोले बितण्डा मच्चाइरहेको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार