Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • तालिबानले भन्यो, ‘अफगानिस्तानका छात्रा चाँडै विद्यालय जान पाउँछन्’

    तालिबानले भन्यो, ‘अफगानिस्तानका छात्रा चाँडै विद्यालय जान पाउँछन्’

    अनलाइन नेपाल
  • सोमबार, १ कार्तिक २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । अफगानिस्तानको सत्ता सञ्चालन गरिरहेको तालिबान समूहले छात्रालाई चाँडै विद्यालय फर्काउने व्यवस्था गर्न लागिएको दाबी गरेको छ । छात्रालाई विद्यालय जान प्रतिबन्ध लगाएको भन्दै संसारभरबाट विरोध र आलोचना भएपछि तालिबान समूह यस्तो दाबी गरेको हो ।

    वर्तमान विश्वमा विद्यालय जान पाउनुपर्ने अधिकारलाई आधारभूत मानवअधिकार मानिएकाले उनीहरुलाई तत्काल विद्यालय फर्किने वातावरण बनाउन विश्वभरीबाट माग हुँदै आएको थियो ।



    अफगानिस्तानमा तालिबान सरकार बनेपछि छात्रलाई अध्ययन अध्यापनका लागि जान दिइएको तर छात्रालाई भने नदिइएको भन्दै सर्वत्र विरोध हुँदै आएको छ । विरोध र आलोचना गर्नेहरुको दबाबका कारण अफगानिस्तानको तालिबान सरकारले छात्रालाई पनि विद्यालय जान पाउनेगरी व्यवस्था गर्न लागिएको स्पष्ट पारेको छ ।



    तालिबान सरकारको गृह मन्त्रालयका एक जना प्रवक्ताले कहिलेदेखि छात्रालाई विद्यालय खुल्ला हुन्छ भन्ने एकिन मिति भन्न नसकिए पनि चाँडै हुने दाबी गरेका छन् । “मलाई जानकारी भएसम्म वा मैले बुझेसम्म धेरै छोटो समयमै विद्यालय तथा विश्वविद्यालयहरुमा छात्रा तथा महिला विद्यार्थीहरुलाई पठनपाठनको व्यवस्था हुनेछ,” एक अधिकारीले भने ।

    त्यसैगरी विद्यालय तथा विश्वविद्यालयका महिला कर्मचारी तथा शिक्षिकाहरुलाई पनि काम गर्न अनुमति दिइएको उनले बताए । केही समय अगाडि अफगानिस्तानका शिक्षिकाहरुले विद्यालय तथा विश्वविद्यालयमा छात्रहरुका लागि पठनपाठन सुरु हुँदा पनि आफूहरुको रोजगारीको निरन्तरता नभएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

    उनीहरुले रोजगारीको निरन्तरता नभएकाले पारिवारिक, आर्थिक तथा मनोवैज्ञानिक समस्यासमेत उत्पन्न भएको बताएका थिए । यसअघि सन् १९९६ देखि २००१ सम्म तलिबान सरकारले कठोर तथा अनुदार शासन व्यवस्था लागू गरेकाले अहिले पनि त्यस्तै कठोर र अनुदार शासन व्यवस्था लागू हुने हो कि भन्ने चिन्ता धेरैले गरेका छन् ।

    अधिकारकर्मी तथा उदारवादीहरुले अनुदार नहुन तालिबान समूहलाई अनुरोध गर्दै आएका छन् भने तालिबान अधिकारीहरुले आफूहरु कठोर नहुने जवाफ दिँदै आएका छन् । तर अहिलेसम्म पनि उदार व्यवस्था लागू हुनेमा धेरैले आशङ्का नै गरेको पाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार