Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • करिम बेन्जेमाले भने, ‘बालोन डी’ओर जित्ने सपना देखिरहेको छु’

    करिम बेन्जेमाले भने, ‘बालोन डी’ओर जित्ने सपना देखिरहेको छु’

    अनलाइन नेपाल
  • सोमबार, १ कार्तिक २०७८
  • 1.6K
    SHARES

    एजेन्सी – रियल मड्रिडका स्ट्राइकर करिम बेन्जेमाले आफूले बालोन डी’ओर जित्ने आशा व्यक्त गरेका छन्। उनले करियरमा पहिलोपटक सो अवार्ड जित्ने विश्वास व्यक्त गरेका हुन्, जुन उनको सानैदेखिको सपना रहेको थियो।

    उनी लियोनल मेसी, रोबर्ट लेवान्डोस्की, क्रिस्टियानो रोनाल्डो र जोर्जिन्होसँग यस वर्षको बालोन डी’ओरको दाबेदार हुन्। ‘अवश्य पनि ! अवश्य पनि म बालोन डी’ओर जित्ने सपना देखिरहेको छु,’ क्यानल प्लस फ्रान्ससँगको कुराकानीमा उनले भने।



    ‘मेरो आइडलहरु रोनाल्डो, जिजोउ रियल मड्रिड आए। म पनि रियलमै आएँ। र उनीहरुले बालोन डी’ओर पनि जिते। यी केही साना कुराहरु हुन् जसका बारेमा म सोच्दछु,’ बेन्जेमाले भने।



    ‘यो पनि मेरो बाल्यकालको धेरै सपनामध्येको एक हो। अहिले म यहाँ छु। म यसबाट धेरै टाढा छैन,’ उनले थपे। लुका मोड्रिच मात्र एक खेलाडी हुन् जसले यस अवार्डमा २००८ पछि मेसी र रोनाल्डोको दबदबा ब्रेक गराएका थिए।

    उनले २०१८ मा बालोन डी’ओर जितेका थिए। यदि बेन्जेमाले यो अवार्ड जितेमा उनी १९९८ पछि बालोन डी’ओर जित्ने पहिलो फ्रेन्च खेलाडी बन्नेछन्। १९९८ मा जिनेदिन जिदानेले बालोन डी’ओर जितेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार