Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • सेतीको बाढीले ‘वार्निङ प्वाइन्ट’ नाघ्यो, पुल नै छोएपछि आउ–जाउ बन्द

    सेतीको बाढीले ‘वार्निङ प्वाइन्ट’ नाघ्यो, पुल नै छोएपछि आउ–जाउ बन्द

    तीनवटै सुरक्षा निकाय ‘हाइअलर्ट’ मा

    अनलाइन नेपाल
  • मंगलबार, २ कार्तिक २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । तीन दिनदेखिको अविरल वर्षाका कारण सेती नदीमा बाढीको सतह अत्यधिक बढेको छ । बाढी ‘वार्निङ प्वाइन्ट’ भन्दा माथि पुगेपछि स्थानीय प्रशासनले सबै नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

    बाढीले अछाम र बाजुरा जोड्ने मोटरेवल पुल छोएपछि आउ–जाउ गर्न रोक लगाइएको छ । नदीमा बहाव बढेपछि जिल्ला प्रशासन कार्यालयले आज बिहानैदेखि सो पुल भएर आउ–जाउ गर्न रोक लगाइएको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।



    पुलमा आवतजावत बन्द गरिएपछि तराईबाट डोटीको सदरमुकाम सिलगढीलगायत छिमेकी जिल्ला अछाम तथा बाजुरा जानका लागि आएका दर्जनौं सवारी साधन पिपल्ला बजारमा रोकिएका छन् ।



    डोटीको गोपघाट र दिपायलस्थित समूहगाढमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको छ । सेती नदीमा गरिएको पानीको बहाव मापनअनुसार ८.४ क्युसेक पुगेको छ । यो ‘वार्निङ प्वाइन्ट’ भन्दा माथि हो । केन्द्रका अनुसार ३.५ क्युसेक बाढीको बहाव हुँदा नदीमा बाढीको बढी खतरा हुने गर्दछ ।

    नदीमा पानीको बाहब बढ्दै गएको र वर्षा पनि नरोकिएकाले नदी आसपासका नागरिकलाई नदी क्षेत्रमा नजान तथा विशेष गरी रातिको समयमा सचेत रहन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    विपद् व्यवस्थापनमा जुट्न जिल्लाका तीनवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई ‘हाइअलर्ट’ मा बस्न निर्देशन दिइएको समेत जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    सेती नदीमा बाढी आएका कारण नदी आसपासका बस्ती बानीडुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा, भागेतडा, कैलडा तथा नारीदाङका स्थानीयवासी त्रसित बनेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार