Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • पूर्णचन्द्रले अन्याय गरेका बाबुराम श्रेष्ठ दुई तारे जर्नेलमा बढुवा

    पूर्णचन्द्रले अन्याय गरेका बाबुराम श्रेष्ठ दुई तारे जर्नेलमा बढुवा

    अनलाइन नेपाल
  • मंगलबार, २ कार्तिक २०७८
  • 7.3K
    SHARES

    काठमाडौं। नेपाल सरकारले  सहायक रथी बाबुराम श्रेष्ठलाई दुई तारे जर्नेलमा बढुवा गरेको छ । बढुवासँगै श्रेष्ठले मध्य कमाण्ड पोखरामा नयाँ पदावलीअनुसार सेनापतिको जिम्मेवारीसमेत पाएका छन् ।

    उनलाई गत बर्ष २७ बाहिनीपति सिराहामा हुँदा तत्कालिन सेनापति पूर्णचन्द्र थापाले आफ्नै जिल्लावासी गोर्खाका एक युवकको भर्ना  काण्ड लगाएर बढुवाबाट बन्चित गरेका थिए ।



    उक्त घटनामा श्रेष्ठ संलग्न नभए पनि थापाले पूर्वाग्राह राखेर कारबाही गरेको सेनाभित्रै चर्चाको बिषय बनेको थियो।



    थापाले आचारसंहिता बिपरित एक बर्ष बढुवा रोक्का गरी सहदेव खड्का,सन्तोष ढकाल र हिरालाल जोशीभन्दा श्रेष्ठलाई पछि पारिदिएका थिए ।

    श्रेष्ठ सेनाका २६ बेसिकका अधिकृत हुन् । उनले पाकिस्तानबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार