Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • बाढीमा फसेकाहरुको उद्दारका लागि उड्यो नेपाली सेनाको हेलिकोप्टर

    बाढीमा फसेकाहरुको उद्दारका लागि उड्यो नेपाली सेनाको हेलिकोप्टर

    अनलाइन नेपाल
  • मंगलबार, २ कार्तिक २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । सरकारले तीन दिनदेखि लगातार परेको भारी वर्षाका कारण सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा आएको बाढी र पहिरोमा परेकाहरुको उद्धार गर्ने भएको छ ।

    गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा नेपाली सेनाको सुर्खेतस्थित स्टेसनबाट बाढी र पहिरोमा परेकाहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर उडेको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले जनाएको छ ।



    वर्षाका कारण सुदूरपश्चिमका डोटी डडेलधुरा र कञ्चनपुर बढी प्रभावित भएका छन् । महाशाखाका अनुसार डोटी र डडेलधुरामा एक÷एक जनाको मृत्यु भएको छ भने डडेलधुरामा एक जना पुरिएका छन् ।



    मन्त्री खाँणले ती जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र सशस्त्र प्रहरीका प्रमुखलाई टेलिफोन गरी समन्वयात्मक ढंगले उद्धार र राहतको काम तीव्र गतिमा गर्न निर्देशन दिएका छन् ।

    यसैबीच बाढीका कारण महाकाली नदीमा पानीको बहाव निरन्तर बढ्ने क्रम जारी रहेको छ । महाकालीमा यो वर्षकै ठूलो बाढी आएको स्थानिय बासिन्दाको भनाइ छ। भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा ५ जना महाकाली नदीमा फसेका छन् । पूर्णागिरि मन्दिरको फेदमा रहेको टापुमा फसेका हुन् ।

    नदीको एक भँगालो पूर्वतर्फबाट बग्न थालेपछि उनीहरू बीचमा फसेका हुन । नेपाली सेनाले उनीहरुलाई पनि उद्दार गर्ने जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार