Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • अमेरिकामा लुकेर बसेका कुख्यत बन्यजन्तु तस्कर र बैंकिङ कसुरका ६ जना ‘अपराधी’ लाई झिकाउन सिआईबीले थाल्यो पहल

    अमेरिकामा लुकेर बसेका कुख्यत बन्यजन्तु तस्कर र बैंकिङ कसुरका ६ जना ‘अपराधी’ लाई झिकाउन सिआईबीले थाल्यो पहल

    अनलाइन नेपाल
  • मंगलबार, २ कार्तिक २०७८
  • 5K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपालमा अपराध गरेर अमेरिका पुगेका पाँच नेपालीसहित ६ जनालाई फर्काउन पहल थालेको छ ।

    सीआईबीले नेपालस्थित अमेरिकी दूतावासका सुरक्षा अधिकारीमार्फत अपराधमा संलग्न एक अमेरिकीसहित छ जनालाई फिर्ताका लागि सहयोग गर्न आग्रह गरेको हो ।



    सिआईबीले बैंकिङ कसुरमा संलग्न तीन र वन्यजन्तु तस्करीमा संलग्न दुई र एक अमेरिकी नागरिकसहित ६ जनालाई नेपाल झिकाउन पहल गरेको हो । गत असोज १८ मा प्रहरी र दूतावासका सुरक्षा अधिकारीबीच अपराध रोकथाम तथा नियन्त्रण र अपराधीलाई कानुनी दायरामा ल्याउनेसम्बन्धी विषयमा छलफल भएको बताइएको छ ।



    सीआईबी प्रमुख डिआईजी धिरजप्रताप सिंहले उनीहरूलाई कारबाहीको दायरामा ल्याउन कूटनीतिक माध्यमबाट अनुरोध गरिएको स्वीकार गरे ।

    डिआईजी सिंहका अनुसार नेपालमा अपराध गरेर अमेरिका पुगेका ‘अपराधी’ फिर्ता गरी नेपालको कानुनअनुसार कारबाहीको दायरामा ल्याउने सम्बन्धमा सीआईबीले सहयोग माग्दा अमेरिकी सुरक्षा अधिकारीले आतंकवाद नियन्त्रण र सुरक्षा निकायको आधुनिकीकरणमा मिलेर काम गर्न तयार रहेको बताएको जानकारी गराए ।

    दूतावासका सुरक्षा अधिकारीले भने आफ्नो देशको नागरिकता लिइसकेका मानिसलाई फिर्ता पठाउने प्रक्रिया लामो हुने र नागरिकता नलिएकालाई भने आवश्यक कानुनी प्रक्रिया पूरा गरेर पठाउन सहयोग गर्ने बचन दिएको सीआईबीले जनाएको छ ।

    ब्युरोले नेपालमा अपराध गरी अमेरिका लुकेर बसेका हिमालय फाइनान्स लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सिसम मल्ल, क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडका तत्कालीन प्रबन्धक पवनकुमार कार्की, कैलाश विकास बैंक शाखा कार्यालय कास्की (लामाचौर)का तत्कालीन प्रबन्धक रविचन्द्र खनाल तथा दुई कुख्यात वन्यजन्तु तस्कर निटुप लामा र पेमा शेर्पालाई फर्काउन सहयोग मागेको छ ।

    त्यसैगरी सिआईबीले नेपालमै बसेर वन्यजन्तु तस्करीमा संलग्न अमेरिकी नागरिक इयान बेकरलाई समेत नेपालको कानुनअनुसार कारबाही गर्नुपर्ने माग गरेको छ ।

    फरार पाँच नेपालीमध्ये इन्टरपोलले रविचन्द्र खनालविरुद्ध डिफ्युजन र बाँकी चार जनाविरुद्ध विभिन्न मितिमा रेडकर्नर नोटिस जारी गरेको छ ।

    निटुप र पेमासँग साँठगाँठ रहेकामध्येका कुख्यात वन्यजन्तु तस्कर कुन्जोक छिरिङ तामाङलाई भने लामो प्रयासपछि २०७७ असार ११ मा पक्राउ गरेको थियो । उनी पनि पटक–पटक अमेरिका पुगेर फर्किएका तस्कर हुन् ।

    फरार रहेका हिमालय फाइनान्स लिमिटेडका प्रबन्ध निर्देशक सिसम मल्ललाई तत्कालीन पुनरावेदन अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा २०६९ मा दोषी ठहर गरी ६ वर्ष कैद र १३ करोड ८२ लाख ४१ हजार २ सय ९४ रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।

    त्यस्तै, डेढ अर्ब बढी कर्जा हिनामिना गरेको अभियोगमा क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडका तत्कालीन प्रबन्धक पवन कार्कीसहित ४० बढी आरोपितविरुद्ध २०६८ असार १० मा मुद्दा दायर भयो । तर, घोटालाको अनुसन्धान अघि बढेको सुइँको पाएपछि कार्की भूमिगत बनिसकेका थिए । भूमिगतपछि कार्कीविरुद्ध इन्टरपोलले सन् २०१६ जनवरी ७ मा रेडकर्नर र त्यसअघि २०१२ जनवरी १९ मा विरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो ।

    त्यसैगरी २०७४ चैतदेखि कैलाश विकास बैंक शाखा कार्यालय कास्की (लामाचौर) का प्रबन्धक रविचन्द्र खनाल बैंकिङ कसुर मुद्दामै फरार छन् । विभिन्न व्यक्तिका खातामा रहेको ३ करोड ८५ लाख रुपैयाँ हिनामिना गरी फरार रहेका खनालविरुद्ध डिफ्युजन नोटिस जारी गरे पनि उनी अमेरिकामै रहेको सीआईबीको दावी छ ।

    त्यस्तै तस्करीमा संलग्न पेमा शेर्पा र निटुप लामालाई पनि सिआईबीले झिकाउने भएको छ । २०६१ सालमा एकसिंगे गैंडाका ५ वटा खागसहित पक्राउ परेका सिन्धुपाल्चोकका ४५ वर्षीय पेमा लामालाई जिल्ला वन कार्यालय चितवनले १ लाख जरिवाना लिएर रिहा गरेकोका थियो ।  ।

    वन कार्यालयको फैसलालगत्तै जरिवाना तिरेर छुटेका पेमा एकाएक फरार भए । वनको फैसलाविरुद्ध सरकारी वकिलले तत्कालीन पुनरावेदन अदालत मकवानपुरमा निवेदन दिए । पुनरावेदन अदालतबाट २०६५ साउन १६ मा पेमालाई गैंडाको खाग तस्करीमा दोषी ठहर गर्दै १५ वर्ष कैद सजाय सुनाइएको छ ।

    फैसलापछि नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले उनीविरुद्ध रेडकर्नर नोटिस जारी गर्दा उनी भारतबाटै भिसा लगाएर उनी अमेरिका पुगिसकेका थिए ।

    त्यसैगरी अर्का कुख्यात वन्यजन्तु तस्कर निटुप २०६२ भदौ १६ मा रसुवामा बरामद भएको बाघ, चितुवालगायत संरक्षित वन्यजन्तुका हाडखोरमा संलग्नता खुलेको थियो । त्यसपछि इन्टरपोलले उनीविरुद्ध रेडकर्नर नोटिस नै जारी गर्‍यो । तर, उनी पनि अमेरिकामै रहेकाले उनलाई पनि नेपाल झिाकाउन नसकिएको सिआईबीको भनाई छ ।

    त्यसो त कुख्यात वन्यजन्तु तस्कर अमेरिकी नागरिक इयान बेकर १३ वर्षबाटै नेपाल प्रहरीको फरार सूचीमा छन् । २०६६ पुस २९ मा जिल्ला वन कार्यालय काठमाडौंले बेकरलाई १५ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना हुने गरी दोषी ठहर गरेको थियो । उनी बसेको नक्सालस्थित घरमा २०६५ जेठ ९ गते छापा मारेर प्रहरीले कोठाबाट बाघ, चितुवा, भालु, घोरल, झारललगायत संरक्षित वन्यजन्तुका १ सय २२ थान हाडखोर÷अखेटोपहार बरामद गरेपछि उनी फरार भए । प्रहरीले छापा मार्दा बेकर नेपालमै थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार