Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • रकमको अभाव भएपछि ब्याजदर बढाएर निक्षेप तान्न बैंकहरुबीच हानाथाप, कसले कति दिंदैछन् ब्याज ?

    रकमको अभाव भएपछि ब्याजदर बढाएर निक्षेप तान्न बैंकहरुबीच हानाथाप, कसले कति दिंदैछन् ब्याज ?

    अनलाइन नेपाल
  • मंगलबार, २ कार्तिक २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । बैंकहरुले एक महिनाको छोटो अवधिमै निक्षेपकर्तालाई दिने ब्याज बढाएका छन् । बैंकहरूमा लगानीयोग्य रकमको चरम अभाव भएपछि निक्षेप जोगाउन र अरू थप पैसा आकर्षित गर्न ब्याजदर बढाएका हुन्।

    यसअघि असोजदेखि लागू हुनेगरी बचत तथा मुद्दतीमा नयाँ ब्याज तोकेका यी बैंकले कात्तिकदेखि लागू हुनेगरी फेरि अर्को सूची सार्वजनिक गरेका छन् ।



    कात्तिक १ देखि लागू हुनेगरी बैंकहरूले दिने व्यक्तिगत मुद्दती खातामा ११.१० प्रतिशतसम्म ब्याजदर घोषणा गरेका छन्। एनआइसी बैंकले एक वर्षभन्दा बढी अवधिका लागि व्यक्तिगत मुद्दती निक्षेपमा ११.१० प्रतिशतसम्म ब्याजदर दिने घोषणा गरेको छ।



    असोजमा व्यक्तिगत मुद्दतीमा अधिकतम १०.०७ प्रतिशत ब्याज कायम भएकोमा कात्तिकमा आउँदा ११.१० प्रतिशतसम्म पुगेको छ । मुद्दतीमा मात्रै नभई धेरैजसो बैंकहरुले बचतमा पनि ब्याजदर बढाएका छन् । बचतमै ब्याजदर ८.१० प्रतिशतसम्म पुगेको छ ।

    पछिल्ला साता कर्जा प्रवाह निक्षेपभन्दा उच्च दरले बढेको छ, जसले गर्दा लगानीयोग्य रकमको अभाव देखिएको छ । असोजको सुरुआती तीन सातामा वाणिज्य बैंकहरुमा ८४ अर्ब निक्षेप थपिँदा १ खर्ब ११ अर्ब कर्जा प्रवाह भएको नेपाल बैंकर्स एसोसिएसनको तथ्यांक छ । असोज २२ गतेसम्म आउँदा वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ५५ अर्ब पुगेको छ भने कुल कर्जा ३९ खर्ब ८३ अर्ब पुगेको छ ।

    कोरोनाको असर न्यून हुँदै गएकाले कर्जाको माग अझै बढ्ने अनुमानपछि बैंकहरुले स्रोत जुटाउन निक्षेपमा ब्याजदर बढाएका हुन् । सनराइज, सानिमा लगायत केही बैंकले भने ब्याजदर सामान्य घटाएका छन् ।

    बैंक र ब्याजदर (प्रतिशतमा)

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार