Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • एक सातापछि लाइसेन्सको आवेदन खुल्दै

    एक सातापछि लाइसेन्सको आवेदन खुल्दै

    अनलाइन नेपाल
  • मंगलबार, २ कार्तिक २०७८
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । यातायात व्यवस्था विभागले गत वैशाख १६ गतेदेखि बन्द भएको नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन ६ महिनापछि खोल्ने तयारी गरेको छ ।

    महामारीको कारण देखाउँदै बन्द गरेको आवेदन प्रणाली आगामी एक सातापछि खोल्न तयारी भइरहेको विभागले जनाएको छ ।



    विभागका प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार आवेदन प्रणाली खोल्न अहिले प्राविधिक तयारी भइरहेको छ । कोरोनाको कारण देखाएर लामो समय आवेदन रोकेका कारण नयाँ चालकहरु समस्यामा छन् भने लाइसेन्स लिन आवेदन दिएर प्रक्रियामा प्रवेश गरेकाहरु पनि अन्योलमा छन् ।



    यसअघि आवेदन दिएकाहरुलाई भदौ २० गतेदेखि लिखित तथा प्रयोगात्मक परीक्षा लिन शुरु गरिएको थियो । प्रवक्ता भुसालका अनुसार अहिले परीक्षामा सहभागी हुन आवेदन दिएका करिब ५ लाख जनाले चालकको परीक्षाको मिति कुरिरहेका छन् ।

    कोटा निर्धारण गरेर दैनिक रुपमै आवेदन लिने तयारी भइरहेको विभागले जनाएको छ । कति कोटा तोकिन्छ भन्ने बारे भने विभागले केही खुलाएको छैन । कोटा तोकेर आवेदल लिंदा पहिलेजस्तो वर्षौं कुर्नुपर्ने अवस्था भने नआउने विभागको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार