Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • चीनद्वारा नेपाललाई थप २० लाख डोज कोरोना खोप दिने घोषणा

    चीनद्वारा नेपाललाई थप २० लाख डोज कोरोना खोप दिने घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, २ कार्तिक २०७८
  • 2K
    SHARES

    काठमाडौं । चीनले नेपाललाई थप  २० लाख डोज कोरोना खोप  अनुदान दिने घोषणा गरेकोछ ।

    परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच मंगलबार भएको  टेलिफोन सम्वादका क्रममा यीले उक्त सहयोग गर्ने घोषणा गरेका हुन । यीले परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निम्तो समेत दिएका छन् ।



    खड्का र यीबीच दुईपक्षीय सम्बन्ध, कोभिड–१९ विरुद्धको खोपमा सहकार्य, व्यापार र विकासमा समन्वय र सीमा व्यवस्थापनका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।



    परराष्ट्र मन्त्रालयका अनुसार तातोपानी र रसुवागढी नाकाबाट थप कन्टेनर ल्याउन दिने विषयमा पनि छलफल भएको छ । तर, त्यसबारेमा कुनै निर्णय भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार