Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • अफगानिस्तानमा रुस सक्रिय, ‘मस्को फर्म्याट’ वार्ताले तालिबानलाई राहत पुग्ने विश्वाश

    अफगानिस्तानमा रुस सक्रिय, ‘मस्को फर्म्याट’ वार्ताले तालिबानलाई राहत पुग्ने विश्वाश

    अनलाइन नेपाल
  • मंगलबार, २ कार्तिक २०७८
  • 1.7K
    SHARES

    एजेन्सी। रुसले अफगानिस्तान मुद्दामा छलफल गर्न अक्टोबर २० मा एउटा महत्वपूर्ण बैठक बोलाएको छ।

    तालिबान बाहेक अमेरिका, चीन, भारत, इरान र पाकिस्तान लगायत १० देशलाई ‘मस्को फर्म्याट’ वार्ताको निम्तो दिइएको छ।



    अफगानिस्तानमा तालिवान सत्तामा फर्किएपछि पहिलो पटक रुसले यो बैठक आयोजना गर्दैछ।



    चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार अमेरिकाले यो बैठकमा उपस्थित हुन असमर्थता जनाइसकेको छ

    भारतले यस बैठकमा आफ्ना प्रतिनिधि पठाउन स्वीकार गरेको छ। तालिबान प्रतिनिधिमण्डल मंगलबार मस्को प्रस्थान गरेको छ।

    तालिबानको उदयमा रुसले भूमिका खेलेको विश्वास गरिन्छ। इतिहास धेरै उतार चढावहरु बाट गुज्रिएको छ। दुई बीचको प्रारम्भिक शत्रुता देखि मित्रता र त्यसपछि वर्तमान अफगानिस्तान शान्ति वार्ताको पहल अनि तालिबानको सत्ता मोहका लागि ।

    वास्तवमा, अफगानिस्तानको मुद्दामा ‘मास्को ढाँचा’ २०१७ मा शुरू भएको थियो। यसमा ६ देश रुस, अफगानिस्तान, चीन, पाकिस्तान, ईरान र भारत सामेल थिए।
    जे होस्, बैठकको आयोजक देश रुसका अनुसार यस बैठकको मुख्य उद्देश्य अफगानिस्तानमा तालिबानको सत्तामा फर्किएपछि पुनर्निर्माणको कामलाई गति दिनु र मानवीय सहायताको लागी सहयोग बढाउनु हो।

    अफगानिस्तानको समाचार च्यानल टोलो न्युजका अनुसार तालिबान प्रतिनिधिमण्डललाई यस बैठकबाट धेरै आशा छ। उनीहरुलाई यस सम्मेलनको माध्यमबाट अन्य देशहरुसंग राजनैतिक र आर्थिक सम्बन्धमा सुधार हुने र वर्तमान सरकारको मान्यताको लागि आधार तयार गर्नमा मद्दत पुग्ने विश्वाश छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार