Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • न्यादी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट हुने

    न्यादी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट हुने

    अनलाइन नेपाल
  • बुधबार, ३ कार्तिक २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ ।  न्यादी हाइड्रोपावर कम्पनीको साधारण शेयर (आईपीओ)  शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आईपीओ शुक्रबार बाँडफाँट गरिने तय भएको हो ।

    न्यादी हाइड्रोपावरको आइपीओमा मागभन्दा बढी आवेदन परेको छ । २३ लाख ५७ हजार १६६ जनाले २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताका लागि आवेदन दिएका हुन् । आईपीओ गोलाप्रथाबाट सेयर बाँडफाँट हुने कम्पनीले जनाएको छ।



    कुल २ अर्ब ९४ करोड ७७ लाख ६५ हजार रूपैयाँ बराबरको आवेदन परेको छ । यो मागको तुलनामा १४ दशमलव ०८ गुणा बढी हो । यस आधारमा सर्वसाधारणलाई बिक्री गरिएको २० लाख ९२ हजार ५०० कित्तालाई आधार मान्दा २ लाख ९ हजार २५० जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । त्यस्तै, २१ लाख ४७ हजारभन्दा बढीको हात खाली हुनेछ ।



    कम्पनीले असोज १५ गतेबाट १९ गतेसम्म २ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गरेको थियो । ]

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार