Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सल्यानटारमा तिहार विशेष फुटबल प्रतियोगिता हुँदै

    सल्यानटारमा तिहार विशेष फुटबल प्रतियोगिता हुँदै

    अनलाइन नेपाल
  • बुधबार, ३ कार्तिक २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    धादिङ । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका-२ सल्यानटारमा तिहारको अवसरमा फुटबल प्रतियोगिता आयोजना गरिएको छ ।

    सल्यानटारस्थित सल्यानटार फुटबल क्लवले आयोजना गर्न लागेको (7A side) खुल्ला प्रतियोगितामा भाग लिन इच्छुक टोलीलाई दर्ताका लागि आह्वान खुल्ला गरिएको क्लवका सदस्य निकेश भट्टराईले अनलाइन नेपाललाई जानकारी दिए ।



    भट्टराईका अनुसार ७ हजारमा रुपैयाँमा आफ्नो टीम दर्ता गर्न सकिनेछ । साथै खेलका लागि १५ सय दर्ता बाहेक छुट्टै डिपोजिट गर्नुपर्नेछ । यस्तै, टीम दर्ता गर्दा ७ जना खेलाडीसहित ५ जना अतिरिक्त खेलाडी, टीम म्यानेजर र टीम कोचको अनिवार्यता रहेको भट्टराईले बताए ।



    प्रतियोगितामा प्रथम हुनेले ६६ हजार ६६६ र दोस्रो हुनेले ३३ हजार ३३३  नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार