Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • मन्त्रिपरिषद बैठक:

    बाढी-पहिरोमा ज्यान गुमाएका परिवारलाई दुई लाख दिने सरकारको निर्णय

    बाढी-पहिरोमा ज्यान गुमाएका परिवारलाई दुई लाख दिने सरकारको निर्णय

    अनलाइन नेपाल
  • बुधबार, ३ कार्तिक २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । सरकारले बाढी-पहिरोमा परेर ज्यान गुमाएका परिवारहरुलाई राहत स्वरुप रकम उपलब्ध गराउने भएको छ।

    बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको आकस्मिक बैठकले बाढी-पहिरोमा परेर परिवारका एक जना सदस्य गुमाएको परिवारलाई दुई लाख र दुईजना वा त्यसभन्दा बढी गुमाएका परिवारलाई थप एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री  ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।



    प्रवक्ता कार्कीका अनुसार साथै बैठकले हालैका दिनमा प्राकृतिक प्रकोपबाट भएको मानवीय क्षतिको विश्लेषण गर्दै राहत दिने निर्णय गरेको हो।



    यस्तै, बैठकले बाढीपहिरोले जमिन गुमाएकालाई जमिन उपलब्ध गराउने समेत निर्णय गरेको छ । घर पूर्णरूपमा क्षति भएकालाई हिमाली क्षेत्रमा पाँच लाख, पहाडमा चार लाख र तराईमा तीन लाख रुपैयाँ दिने निर्णय भएको  मन्त्री कार्कीले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार