Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ड्रग्स प्रकरण : शाहरुख खानका छोरा आर्यनले किन पाएनन् जमानत ?

    ड्रग्स प्रकरण : शाहरुख खानका छोरा आर्यनले किन पाएनन् जमानत ?

    अनलाइन नेपाल
  • बुधबार, ३ कार्तिक २०७८
  • 2.8K
    SHARES

    एजेन्सी – बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको जमानत निवेदन खारेज भएको छ। अदालतले उनलाई जमानत दिन पुनः अस्वीकार गरेको हो। आर्यन अक्टोबर १४ मा क्रुजमा ड्रग्स पार्टी गरेको आरोपमा पक्राउ परेका थिए। त्यसपछि लगातार प्रयास गरेपनि उनका वकिलले जमानत दिलाउन सकेका छैनन्।

    सेसन्स कोर्टले पछिल्लो पटक उनको निवेदनलाई अस्वीकार गर्दै दुवै पक्षको बहस सुन्दै फैसला सुरक्षित राखेको थियो। आर्यनसहित अन्य दुईले अदालत समक्ष दिएको निवेदनलाई अदालतले बुधबार सुनुवाई गर्ने बताएको थियो। तर अदालतले बुधबार पनि आर्यनसहित दुई व्यक्ति अरबाज मर्चेन्ट र मुनमुन धामेचाको जमानत निवेदन खारेज गरिदिएको हो।



    अदालतको यो निर्णयसँगै अब आर्यनको रिहाईका लागि शाहरुखका वकिल अमित देसाईले बम्बई हाई कोर्टमा पुनरावलोकनका लागि आग्रह गर्नेछन्। त्यो समयसम्म आर्यन मुम्बईको आर्थर रोडमै बस्नेछन्।



    अदालतले आर्यनको विषयमा निर्णय लिइरहँदा अदालत बाहिर उनका फ्यानहरुले उनको रिहाईको माग गरिरहेका थिए। आर्यन कैयौं दिनदेखि मुम्बईको आर्थर रोड जेलमा नै छन्।

    आर्यन पक्राउ परेका अन्य सातजनासँगै जेलमा छन्। उनलाई केही दिन अघि स्पेशल ब्यारेकमा सारिएको थियो। आर्यनलाई जेलमा पनि कडा सुरक्षाको व्यवस्था गरिएको छ। एनसीबीले आर्यन र अर्की अभिनेत्रीबीच ड्रग्सको विषयमा कुराकानी भएको दाबी गरेको छ।

    उनको फोनमा केही क्लुहरु भेटिएको र त्यसैका आधारमा एनसीबीले आर्यनलाई जेल पठाएको हो। आर्यन आफैंले पनि ड्रग्स सेवन गर्ने गरेको स्वीकार गरेका छन्। यसकारण अदालतले आवश्यक अनुसन्धान प्रभावित हुन सक्ने भन्दै जमानत दिन अस्वीकार गरेको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार