Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • पहिरोमा परी घाइते भएकाको उपचारका लागि गएका दुई डाक्टर बेपत्ता

    पहिरोमा परी घाइते भएकाको उपचारका लागि गएका दुई डाक्टर बेपत्ता

    अनलाइन नेपाल
  • बुधबार, ३ कार्तिक २०७८
  • 3.5K
    SHARES

    इलाम । पहिरोमा परेर घाइते भएकाहरुको उपचारका लागि गएका दुई डाक्टर बेपत्ता भएका छन्। बेपत्ता हुने डाक्टरहरुमा सुमन राई र ठाकुराप्रसाद याक्खा रहेका छन्।

    उनीहरु इलामको माङसेबुङ र पाँचथरको मिक्लाजुङ गाउँपालिको संगमस्थल चिसोपानी पन्चमी बजारबाट मिक्लाजुङ गाउँपालिका वडा नम्बर ६ मा पहिरोमा परी घाइते भएकाको उपचारका लागि गएका थिए।



    राई र याक्खा दुवै माङसेबुङ–६ स्थित बाँझो स्वास्थ्य चौकी–सामुदायिक स्वास्थ्य इकाईमा कार्यरत थिए। पहिरोमा परी घाइते भएकाहरुको उपचार गर्न बोलाइएपछि उनीहरु घटनास्थल जान निस्किएका थिए।



    तर, घरबाट हिडेको ५ मिनेटपछि नै उनीहरु सम्पर्कविहीन भएको बताइएको छ। उनीहरुको खोजी कार्य जारी रहे पनि अवस्थाबारे केही पत्ता लागेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार