Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • च्याम्पियन्स लिग : पिकेको गोलले बार्सिलोनालाई राहत

    च्याम्पियन्स लिग : पिकेको गोलले बार्सिलोनालाई राहत

    अनलाइन नेपाल
  • बिहिबार, ४ कार्तिक २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । च्याम्पियन्स लिगको समूह चरणको खेलमा बार्सिलोनाले डिनोमो किभलाई पराजित गरेको छ। बुधबार राति भएको खेलमा बार्सिलोनाले १–० गोलको कठिन जित निकालेको हो।

    बार्सिलोनाका लागि एकमात्र निर्णायक गोल जेरार्ड पिकेले गरेको थिए। ३६ औं मिनेटमा पिकेले गोल गरेका थिए। जोर्डी अल्बाको क्रसमा पेनाल्टी बक्समा अनमार्क रहेका पिके गोल गर्न सफल भएका थिए।



    सोही अग्रतालाई जोगाउँदै बार्सिलोना च्याम्पियन्स लिगमा पहिलो जित दर्ता गराउन सफल रह्यो। च्याम्पियन्स लिगमा यसअघिका २ खेलमा बार्सिलोना पराजित भएको थियो।



    जितपछि बार्सिलोना समूह इमा ३ अंकका साथ तेस्रो स्थानमा रहेको छ। शीर्षस्थानको बायर्नको ६ अंक र बेनफिकाको ४ अंक छ। यससँगै च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने बार्सिलोनाको सम्भावना जीवितै रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार