Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नोकर हैन, अब आउँदिन भन्दै रिसाएका प्रशिक्षक अलमुताइरी नेपाल फर्किन तयार

    नोकर हैन, अब आउँदिन भन्दै रिसाएका प्रशिक्षक अलमुताइरी नेपाल फर्किन तयार

    अनलाइन नेपाल
  • बिहिबार, ४ कार्तिक २०७८
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्किन तयार भएको बताइएको छ। साफ च्याम्पियनसिप सकिएपछि माल्दिभ्सबाटै कतार गएका उनी नेपाली टोलीको जिम्मेवारी सम्हाल्न राजी भएको बुझिएको छ।

    भारतसँगको फाइनल खेलअघि उनले त्यही खेल नै नेपाली टिमसँग आफ्नो अन्तिम खेल हुने बताएका थिए। साफले प्रतिबन्ध लगाएपछि भारतसँगको फाइनल खेल स्ट्याण्डमा बसेर हेरेका थिए।



    साफपछि अलमुताइरीले नेपाल र नेपालीको उच्च प्रशंसा गरेका थिए। नेपाल आफ्नो मुटुमा रहेको र कसैले हटाउन नसक्ने भन्दै उनी भावुकससमेत बनेका थिए। प्रशिक्षक अल्मुताइरीले बुधबार मात्र फिफाले आयोजना गरेको फ्युचर अफ फुटबल भिडियो कन्फरेन्समा नेपालकै प्रतिनिधित्व गरेका छन्। उक्त भिडियो कन्फरेन्समा पुरुष राष्ट्रिय टिमका प्रशिक्षकहरु सहभागी थिए।



    एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बुधबार नै अलमुताइरीसँग भेट गरेको फोटो फेसबुकमा पोष्ट गरेका। उनले लेखेका छन्, ‘नेपाली राष्ट्रिय फुटबल टिमलाई थप मजबुत बनाउने सम्बन्धमा आजको हाम्रो छलफल।’

    एन्फा महासचिव इन्द्रमान तुलाधरले पनि अलमुताइरीको सम्झौता अझै बाँकी रहेको बताएका छन्। अलमुताइरी अहिले भ्याकेसनमा गएको र उनी फर्किने तुलाधारले जानकारी दिए। उनको सम्झौता आउँदो मार्चसम्म रहेको पनि तुलाधारले बताए।

    एन्फाले गत चैत अर्थात अप्रिल २०२१ मा एक वर्षका लागि अलमुताइरीसँग सम्झौता गरेको थिया। त्यस अनुसार उनीसँगको सम्झौता २०२२ मार्च सम्म रहन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार