Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • केपी ओलीलाई भेटेपछि करिश्माले भनिन्, ‘आनन्द आयो’

    केपी ओलीलाई भेटेपछि करिश्माले भनिन्, ‘आनन्द आयो’

    अनलाइन नेपाल
  • बिहिबार, ४ कार्तिक २०७८
  • 2.7K
    SHARES

    काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी छिन्। जितु नेपाल, कोमली ओली र मानन्धरले ओलीलाई भेटेका हुन्।

    भेटपछि अभिनेत्री मानन्धरले ओलीको नजिक बसेर उनका विचारहरु सुन्दा आनन्द आएको बताएकी छिन्। उनले आफ्ना कुराहरु सुनिदिएकोमा ओलीलाई धन्यवाद दिएकी छिन्।



    ‘उहाँका नजिक बसेर विविध विषयमा उहाँको विचारहरु सुन्दा आनन्द आयो,’ करिश्माले लेखेकी छिन्, ‘सबै क्षेत्रका मानिसहरुलाई उत्तिकै महत्वका साथ लिनुभएकोमा र चासो मानेर कुरा सुनिदिनु भएकोमा आदरणीय केपी ओलीज्यूलाई धेरै धन्यवाद।’



    यसअघि कक्षा १२ को परीक्षा दिँदै गर्दा ओलीले आफूलाई फोन गरेर परीक्षाबारे सोधेको बताएपछि अभिनेत्री विवादमा आएकी थिइन्। त्यसबेला उनले शेयर गरेको स्क्रिनशटमा कल उताबाट आएको नभएर उनको फोनबाट गरिएको देखिएको थियो। पछि उनले त्यो स्क्रिनशट नै हटाएकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार