Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • बाबुराम श्रेष्ठले लगाए उपरथीको फुली, मध्यकमाण्डको जिम्मेवारी पाए

    बाबुराम श्रेष्ठले लगाए उपरथीको फुली, मध्यकमाण्डको जिम्मेवारी पाए

    अनलाइन नेपाल
  • बिहिबार, ४ कार्तिक २०७८
  • 1.2K
    SHARES

    काठमाडौं। नेपाली सेनाको उपरथीमा बढुवा भएका बाबुराम श्रेष्ठले  दज्र्यानी चिन्ह लगाएका छन् ।  बुधवार प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय भद्रकालीमा श्रेष्ठलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन ।

    सोमबार बसेको मन्त्रीपरिषदको बैठकले श्रेष्ठलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो । श्रेष्ठ २०४४ मंसिर ९ गते नेपाली सेनामा सैनिक क्याडेटका रुपमा भर्ना भएका थिए । पाकिस्तानबाट एनडीसी गरेका उनि २६ बेसिकका अधिकृत हुन ।



    श्रेष्ठ २७ नम्बर बाहिनीको बाहिनीपति हुंदा भर्ना छनौटको विषयलाई लिएर तत्कालिन प्रधानसेनापति पूर्णचन्द्र थापाले उनीमाथी पुर्वाग्रह राखेर कारवाही गरेका थिए ।  उनी त्यसपछि उनी दुई तारे हुनबाट बन्चित भएका थिए । तर, हालका प्रधानसेनापति शर्मा आएलगत्तै उनको बढुवा प्रक्रिया अघि बढाएका थिए ।



    उपरथीमा बढुवासंगै श्रेष्ठ  तीन तारे जर्नेल हुने सम्भावना रहेको सैनिक स्रोतको भनाइ छ ।

    श्रेष्ठलाई मध्य कमाण्ड पोखराको सेनापतिको जिम्मेवारी दिएको छ । पोखरामा उनकै ब्याचका उपरथी विनयविक्रम राणा कमाण्डर थिए । राणाको सरुवा भने राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार