Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • एमाले स्थायी कमिटी बैठक बस्दै, यी हुन् एजेण्डा

    एमाले स्थायी कमिटी बैठक बस्दै, यी हुन् एजेण्डा

    अनलाइन नेपाल
  • बिहिबार, ४ कार्तिक २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । दिउँसो ३ बजे तुलसीलाल अमात्य प्रतिष्ठान च्यासलमा बस्ने बैठकमा विधान महाधिवेशनको समिक्षा, कात्तिक ६ गते हुने वडा र ९ गते हुने पालिका अधिवेशनका साथै मंसिरमा हुने राष्ट्रिय महाधिवेशनका बारेमा छलफल हुनेछ ।

    साथै अविरल वर्षाका कारण देशमा भएको जनधनका बारेमा समेत छलफल गर्ने बैठकको एजेण्डा रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।



    खासगरी एमालेको आजको बैठकले पार्टीको दशौं राष्ट्रिय महाधिवेशन कहाँ गर्ने भन्ने स्थान तय गर्ने नेताहरुले बताएका छन् । उनीहरुका अनुसार राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने प्रस्ताव आएकाले बैठकले उक्त प्रस्ताव स्वीकार्ने सम्भावना रहेको छ ।



    यसअघि भदौमा भएको विधान महाधिवेशन समापनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने माग आएकाले अन्यथा निर्णय नभए बुटवलमै महाधिवेशन गर्ने घोषणा गरेका थिए ।

    एमाले वागमती प्रदेश कमिटीको अधिवेशनमा नेताहरुले राष्ट्रिय महाधिवेशनको स्थान परिवर्तन गर्न सुझाव दिँदै चितवनमा गर्नुपर्ने प्रस्ताव गरेपछि स्थायी कमिटीले स्थान परिवर्तनबारे निर्णय लिने बताएका थिए । एमालेको महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेका लागि तोकिएको छ ।

    यसअघि कात्तिक ६ गते वडा र ९ गते एमालेले पालिका अधिवेशन गर्ने तयारी गरेको छ । अध्यक्ष ओलीले महाधिवेशन तोकिएकै समयमा हुने भन्दै त्यसको तयारी समेत सुरु भइसकेको बताएका छन् । महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।

    १. विधान महाधिवेशन समिक्षा

    २. वडा अधिवेशन कात्तिक ६ गते सम्बन्धमा

    ३. पालिका अधिवेशन कात्तिक ९ सम्बन्धमा

    ४. राष्ट्रिय महाधिवेशन सम्बन्धमा विषय प्रवेश

    ५. हालै भएको अविरल वर्षाका कारण भएको जनधनको क्षति सम्बन्धमा।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार