Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • वडाध्यक्ष र मेयरको टिकट माग्नेहरु सम्पर्कमा आउन थाले: उपेन्द्र यादव (भिडियोसहित)

    वडाध्यक्ष र मेयरको टिकट माग्नेहरु सम्पर्कमा आउन थाले: उपेन्द्र यादव (भिडियोसहित)

    ‘५० लाख वडाध्यक्ष र १० करोड मेयरका लागि जम्मा गरिसके’

    अनलाइन नेपाल
  • बिहिबार, ४ कार्तिक २०७८
  • 1.3K
    SHARES

    रामनारायण यादव / राजविराज  । चुनाव नजिकदै गर्दा टिकट माग्नेहरु सम्पर्कमा आउन थालेको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।

    राजविराज नगरपालिकाकाले बुधबार आयोजना गरेको अन्तरक्रिया तथा शुभकामना अदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।



    अध्यक्ष यादवले भने ‘कतिपयले वडाध्यक्षको टिकट देउ म ५० लाख जम्मा गरिसकेको छु भनिरहेका छन् । मेयरको टिकट माग्नेहरु १० करोड जम्मा गरिसकेको बताइरहेका छन्’ । सप्तरी निकै पछाडि परिको ठाउँ भएकोले यहाँका गाउँको विकास हुनुपर्नेमा जोड् दिदैं उनले दलीय आधारमा हुने चुनाव भ्रष्टाचारको जड रहेको बताए।



    कुन जनप्रतिनिधिलाई चयन गर्यौं जनतालाई त्यो पनि थाहा नहुनु बिडम्बना भएको उनले बताए । ‘राजनीति किन गर्छ ? उनले भने, ‘यसअघिको राजनीतिमा हामी एउटा लक्ष्यमा काम गर्थ्यौं । लक्ष्यमा काम गर्दा ज्यान गए पनि पर्वाह हुन्नथ्यो भन्ने लाग्थ्यो । तर अहिले राजनीति व्यापार भयो पेशा रहेन ।’ उनले भने ।

    अहिले राजनीति गरिरहेकाहरु व्यापार गरिरहको उनले बताए । ‘राजनीति धन्धा भइसक्यो । लगानी गरेर त्यो लगानी कसरी असुली गर्ने त्यसतर्फ खोज्छन्’ उनले भने ।

    ‘यहाँबाट जितेर गएकाहरु माथि त्यस्तै धन्दा गर्छन्’ उनले भने, ‘माथि गएपछि केहि नेताहरु आफ्नो व्यापार गर्न थाल्छन् । उनीहरु म सांसद हुँ मलाई खरीद गर भन्छन् । अनि, त्यहाँ मलमोलाई हुन्छ’ उनले भने ।

    रकममा बिक्नेहरुमध्ये कतिलाई किनेर बैंककमा राखिएको भन्दै उनले एक पटक दुई सांसदलाई किनेर भारतको मधेपुरास्थित सांसद पप्पुको घरमा गएर समेत राखिएको उनले सुनाए ।

    ‘एक सांसद किन्ने र अर्काे खरीद गर्ने’ अध्यक्ष यादवले भने, ‘जसरी गाईंभैंसीको खरीद हुन्छ त्यसरी नै यस्ता दलालहरुई हेरेको छ ।’ नेपालको निर्वाचन प्रणालीमा करेक्सन हुनु जरुरी रहेको उनको भनाइ छ ।

    हेर्नुहोस् भिडियो:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार