Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • बाढीपहिराेकाे अनुगमनपछि प्रधानमन्त्री देउवाले भने- सरकारले क्षतिपूर्तिको व्यवस्था गर्छ

    बाढीपहिराेकाे अनुगमनपछि प्रधानमन्त्री देउवाले भने- सरकारले क्षतिपूर्तिको व्यवस्था गर्छ

    अनलाइन नेपाल
  • बिहिबार, ४ कार्तिक २०७८
  • 993
    SHARES

    सुर्खेत । प्रधानमन्त्री शेरबहादुर देउवाले देशभर बाढी-पहिरोको कारण ठूलो क्षति भएको भन्दै सरकारले उचित क्षतिपूर्ति दिने घाेषणा गरेका छन् ।

    बिहीबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री देउवाले वर्षाका कारण भएको क्षतिको अनुगमनपछि राहत दिने घोषणा गरेका हुन्।



    सुदूरपश्चिम प्रदेशको बाढी प्रभावित क्षेत्रमा अनुगमनका लागि हिँडेका प्रधानमन्त्री देउवाले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलगायत विभागीय मन्त्रीहरूसँग समेत छलफल गरेका थिए ।



    बिहीबार बिहान प्रधानमन्त्री देउवा कर्णाली र सुदूरपश्चिममा बाढीपहिरोले पुर्‍याएको क्षतिको निरीक्षण गर्न आएका हुन् ।

    प्रधानमन्त्री देउवा भोलि मात्र काठमाडौं फर्किने छन् । उनीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले तथा कांग्रेस केन्द्रीय सदस्यहरू रमेश लेखक र वीरबहादुर बलायर छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार