Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

हुण्डीको ८० लाखसहित बाग्लुङका चित्रबहादुर पक्राउ

काठमाडौँ । प्रहरीले स्रोत नखुलेको ८० लाख रूपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाग्लुङ जिल्ला गल्कोट नगरपालिका-१० पाण्डवखानी घर भइ कोटेश्वर बस्ने ३६ वर्षीय चित्र बहादुर पुन मगर रहेका छन् । पुनलाई बुधबार राति महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले लोकन्थलीबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार हुण्डीको कारोबार भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा मगरलाई बा.४९ प ८५६५ नम्बरको स्कुटर र नगद ३० लाख रूपैयाँसहित पक्राउ गरिएको थियो। तर, पछि अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप नगद ५० लाख रूपैयाँ फेला परेको प्रहरीले जनाएको छ।

उनलाई आवश्यक कारवाहीको लागि सम्पत्ति शुद्धिकरण बिभाग हरिहरभवन ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077