Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • हुण्डीको ८० लाखसहित बाग्लुङका चित्रबहादुर पक्राउ

    हुण्डीको ८० लाखसहित बाग्लुङका चित्रबहादुर पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ४ कार्तिक २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रहरीले स्रोत नखुलेको ८० लाख रूपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा बाग्लुङ जिल्ला गल्कोट नगरपालिका-१० पाण्डवखानी घर भइ कोटेश्वर बस्ने ३६ वर्षीय चित्र बहादुर पुन मगर रहेका छन् । पुनलाई बुधबार राति महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले लोकन्थलीबाट पक्राउ गरेको हो।



    प्रहरीका अनुसार हुण्डीको कारोबार भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा मगरलाई बा.४९ प ८५६५ नम्बरको स्कुटर र नगद ३० लाख रूपैयाँसहित पक्राउ गरिएको थियो। तर, पछि अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप नगद ५० लाख रूपैयाँ फेला परेको प्रहरीले जनाएको छ।



    उनलाई आवश्यक कारवाहीको लागि सम्पत्ति शुद्धिकरण बिभाग हरिहरभवन ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार