Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • लगातारको बर्षाले महोत्तरीका ११ घर भत्किए

    लगातारको बर्षाले महोत्तरीका ११ घर भत्किए

    अनलाइन नेपाल
  • बिहिबार, ४ कार्तिक २०७८
  • 1.2K
    SHARES

    रामनारायण यादव / महोत्तरी  । निरन्तर अविरल बर्षाका कारण महोत्तरीमा ११ जनाको घर भत्काएको छ । जिल्लाको बिभिन्न ठाउँका ११ जनाको घर भत्किँदा लाखौं मूल्य बराबरको क्षति भएको छ ।

    जिल्लाको भंगहा नगरपालिका वडा नम्वर ६ संग्रामपुरमा मात्रै ४ जनाको घर भत्किएको छ । यहाँका मनोज यादवको घर, सोही ठाउँका रवीदुखा यादवको घर, मैतुन खातुनको घर, रामएकवाल यादवको घर बर्षाका कारण भत्किएको छ ।



    बलवा नगरपालिकामा पनि ५ जनाको घर भत्किएको छ । बलवा नगरपालिका वडा नम्वर ७ बस्ने राहुल कुमार झा, निरो देवी मण्डलको घर र नन्दा मुखियाको भान्सा घर पूर्ण रुपमा भत्केको प्रहरीले जनाएको छ ।



    यस्तै सोही नगरपालिका वडा नम्वर ३ बस्ने रामचन्दु यादवको खपडाले छाएको एक तले कच्ची गोठ घर पूर्ण रुपमा क्षति भएको छ भने सञ्जीव यादवको एकतले कच्ची गोठ घरको माटो र बाँस टाटी भत्केको छ ।

    मनराशिस्वा नगरपालिका वडा नम्वर ३ बस्ने महिन्द्र महतो २ कोठा भएको कच्ची घर र मनराशिस्बा नगरपालिका वडा नम्वर ८ बस्ने ३९ बर्षीय जाहेरुल राईनको खरले छाएको दुई कोठा भएको घर भत्केर पूर्ण रुपमा क्षती भएको प्रहरीले जनाएको छ ।

    प्रहरी संगलन गरेको तथ्याङ्ग अनुसार वर्षाका कारण घरहरु भत्किँदा झण्डै १२ लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार