Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • बाढी-पहिरोको अवस्था बुझ्न सुदूरपश्चिम आएका प्रधानमन्त्री प्रभावित क्षेत्रमा नै नपुगी फर्के

    बाढी-पहिरोको अवस्था बुझ्न सुदूरपश्चिम आएका प्रधानमन्त्री प्रभावित क्षेत्रमा नै नपुगी फर्के

    अनलाइन नेपाल
  • बिहिबार, ४ कार्तिक २०७८
  • 888
    SHARES

    धनगढी । बाढी-पहिरोको अवस्था बुझ्न सुदूरपश्चिम भ्रमणमा आएका प्रधानमन्त्री शेरबहादुर देउवा प्रभावित क्षेत्रमा नपुगी फर्केका छन् ।

    बिहीबार अपरान्ह डोटी हुँदै बझाङ पुगेका प्रधानमन्त्री देउवाले बझाङको थलारा गाउँपाकिला–४ स्थित पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यतालिका थियो ।



    तर, पहिरो प्रभावित क्षेत्रमा हेलिकप्टर अवतरण हुन नसकेपछि प्रधानमन्त्री देउवाले हेलिकप्टरबाटै त्यस क्षेत्रको अवलोकन गरेर उनी बैतडीतर्फ लागेका हुन्।



    बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीका अनुसार प्राविधिक कारणले थलाराको पहिरो प्रभावित क्षेत्रमा हेलिकोप्टर ३–४ पटक अवतरण गर्ने प्रयास गरिए पनि सम्भव भएन, प्रयास असफल भएपछि प्रधानमन्त्री बैतडीतर्फ गएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार