Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • खानेपानी कार्यालय जनकपुरका प्रमुखलाई सिके राउतका कार्यकर्ताले अर्धनग्न बनाएर बजार घुमाए

    खानेपानी कार्यालय जनकपुरका प्रमुखलाई सिके राउतका कार्यकर्ताले अर्धनग्न बनाएर बजार घुमाए

    अनलाइन नेपाल
  • बिहिबार, ४ कार्तिक २०७८
  • 2K
    SHARES

    जनकपुरधाम । जनमत पार्टीका (सिके राउत) कार्यकर्ताले खानेपानी डिभिजन कार्यालय जनकपुरका कार्यालय प्रमुख जागेश्वर कुशवाहमाथि दुव्र्यवहार गरेका छन् ।

    बिहीबार लाठी र बाँसको भाटासहित कार्यालय पुगेका जनमत कार्यकर्ताले निमित्त प्रमुख कुशवाहलाई नियन्त्रणमा लिएर जनकपुरधाम उपमहानगरपालिकासम्म  अर्धनग्न बनाई बजार परिक्रममा गराएका छन् ।



    सडक विस्तारका क्रममा खानेपानीको पाइप ठाउँठाउँमा फुटेको र उक्त फुटेको पाइप मर्मत गर्न आग्रह गर्दा कुशवाहले जनकपुर नगरपालिकातिर जिम्मेवारी देखाउँदै आएको उनीहरुको आरोप छ ।



    सोही विषयमा विवाद हुँदा सिके राउतका कार्यकर्ताले उनीमाथि दुव्र्यवहार गरेका हुन् ।

    यसैबीच दुव्र्यवहार गरेको आरोपमा प्रहरीले जनमत पार्टीका कार्यकर्ता विजयकुमार यादवसहित सात जनालाई पक्राउ गरेको छ ।

    जनकपुरधाममा जथाभावी तरिकाले सडक खनेको महिनौं बितिसक्दा पनि निर्माण अगाडि नबढाएको भन्दै जनमतका कार्यकर्ताले पटक–पटक प्रदर्शन गर्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार