Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • नेकपा समाजवादीका नेता पाण्डे वाग्मतीको मुख्यमन्त्री बन्ने पक्का

    नेकपा समाजवादीका नेता पाण्डे वाग्मतीको मुख्यमन्त्री बन्ने पक्का

    अनलाइन नेपाल
  • बिहिबार, ४ कार्तिक २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    हेटौंडा । नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डे वाग्मती प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन्।

    बिहीबार दिउँसो हेटौंडामा बसेको बिपक्षी गठबन्धनको बैठकले पाण्डेलाई मुख्यमन्त्रीको रुपमा अगाडि बनाउने निर्णय गरेको स्रोतले जानकारी दिएको छ।



    यसअघि बागमतीमा मुख्यमन्त्रीका लागि कांग्रेस नेता इन्द्र बानियाँ र पाण्डेबीच प्रतिस्पर्धा थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले मुख्यमन्त्रीको विषय टुंग्याउन र सम्झौता गर्न कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतलाई बिहीबार बिहान हेटौंडा पठाएका थिए ।



    स्रोतका अनुसार देउवाले पठाएका महतले मुख्यमन्त्रीमा पाण्डे अगाडि बढाउने गठबन्धनभित्र समझदारी बनाएर काठमाडौं फर्केका छन् । समझदारीमा एकीकृत समाजवादी र कांग्रेसले आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्ने बताइएको छ।

    गठबन्धनमा रहेका माओवादी केन्द्र, कांग्रेस, नेकपा (एस) ले नयाँ मुख्यमन्त्री चयनका लागि हस्ताक्षर समेत संकलन गरिसकेको स्रोतको दाबी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार