Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बागमती प्रदेश: मुख्यमन्त्री शाक्यले मागिन् विश्वासको मत, यस्तो छ अंकगणित

    बागमती प्रदेश: मुख्यमन्त्री शाक्यले मागिन् विश्वासको मत, यस्तो छ अंकगणित

    अनलाइन नेपाल
  • बिहिबार, ४ कार्तिक २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मत मागेकी छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेकी हुन् ।

    गत २४ असोजमा  बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाक्यले नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन् ।



    १०९ प्रदेशसभा सदस्य रहेको वाग्मती प्रदेशमा सरकार जोगाउन कम्तीमा ५५ सांसद चाहिन्छ । प्रदेशसभामा एमाले विभाजनपछि ४३ सदस्यमा सीमित छ।



    सत्ता गठबन्धनबाहिर रहेका अन्य साना दलसँग मिल्दा पनि मुख्यमन्त्री शाक्यका लागि आवश्यक मत पुग्दैन । एमालेबाट विभाजित बनेका नेकपा एकीकृत समाजवादीका १३ सांसद वहुमत अल्पमतका लागि निर्णायक छन्।

    प्रदेशसभामा नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३ र जनता सामाजवादी पार्टीका एकसहित विपक्षी गठबन्धनसँग ६० प्रदेशसभा सदस्य छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार