Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • धनुषाबाट सिके राउतका १० जना कार्यकर्ता पक्राउ

    धनुषाबाट सिके राउतका १० जना कार्यकर्ता पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ४ कार्तिक २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    रामनारायण यादव /  जनकपुरधाम । जनकपुरबाट सिके राउत नेतृत्वको जनमत पार्टीका १० जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

    बिहीबार खानेपानी डिभिजन कार्यालय धनुषाका प्रमुख जागेश्वर कुशवाहमाथि दुव्र्यवहार गरेका अभियोगमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।



    प्रदर्शनकारीले अहिले जिल्ला प्रहरी कार्यालय घेराउ गरी प्रहरीविरूद्ध नाराबाजी गर्दैछन् । एक घण्टा नगर परिक्रमा गराइसकेपछि कुशवाहालाई प्रदर्शनकारीले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय अगाडि पुर्याएका थिए । त्यहाँबाट मात्र प्रहरीले उनको उद्धार गर्न सफल भएको छ ।



    धनुषाका प्रहरी प्रवक्ता एवं डिएसपी जितेन्द्र बस्नेतका अनुसार कुशवाहालाई अहिले सुरक्षित स्थानमा राखिएको छ । बन्धक बनाउने १० जनालाई नियन्त्रणमा लिइएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार