Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बागमती प्रदेश:

    गठबन्धन तानाशाहविरुद्ध उभिएको छ, विश्वासको मत दिन सक्दैनौं: राजेन्द्र पाण्डे

    गठबन्धन तानाशाहविरुद्ध उभिएको छ, विश्वासको मत दिन सक्दैनौं: राजेन्द्र पाण्डे

    अनलाइन नेपाल
  • बिहिबार, ४ कार्तिक २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    हेटौंडा । नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई विश्वासको मत दिन नसक्ने बताएका छन् ।

    बिहीबार बाग्मती प्रदेशसभाको बैठकमा नेता पाण्डेले आफूहरु तानाशाहविरुद्ध उभिएकाले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिन नसक्ने बताए ।



    बैठकमा पाण्डेले शाक्यलाई मुख्यमन्त्रीबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह समेत गरे । बिहीबारको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत माग्दै प्रस्ताव पेस प्रस्तुत गरेकी छन् ।



    १०९ प्रदेशसभा सदस्य रहेको वाग्मती प्रदेशमा सरकार जोगाउन कम्तीमा ५५ सांसद चाहिन्छ । प्रदेशसभामा एमाले विभाजनपछि ४३ सदस्यमा सीमित छ।

    सत्ता गठबन्धनबाहिर रहेका अन्य साना दलसँग मिल्दा पनि मुख्यमन्त्री शाक्यका लागि आवश्यक मत पुग्दैन । एमालेबाट विभाजित बनेका नेकपा एकीकृत समाजवादीका १३ सांसद वहुमत अल्पमतका लागि निर्णायक छन्।

    प्रदेशसभामा नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३ र जनता सामाजवादी पार्टीका एकसहित विपक्षी गठबन्धनसँग ६० प्रदेशसभा सदस्य छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार