Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • हुम्लाका जनतालाई चीनले दियो स्वास्थ्य र खाद्य सामग्री (तस्बिरहरु)

    हुम्लाका जनतालाई चीनले दियो स्वास्थ्य र खाद्य सामग्री (तस्बिरहरु)

    अनलाइन नेपाल
  • बिहिबार, ४ कार्तिक २०७८
  • 2.3K
    SHARES

    काठमाडौं। उत्तरी छिमेकी देश चीनले हुम्लाका जनतालाई खाद्यान्‍न र स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

    बिहीबार चिनियाँ विदेश मन्त्रालय र तिब्बत स्वायत्त क्षेत्रका स्थानीय अधिकारीले हुम्लालाई स्वास्थ्य तथा दैनिक उपभोग्य खाद्य सामग्री उपलब्ध गराएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी छन् ।



    यो सहयोगलाई राजदूत यान्छीले महामारीविरुद्ध दुई देशको संयुक्त लडाइँको एक महत्वपूर्ण पक्ष भनेकी छन् ।



    उनले ट्वीट गर्दै कोरोना भाइरसविरुद्ध संयुक्त रुपमा लड्न चीन–नेपालको लागि सीमा सहकार्य महत्वपूर्ण पक्ष रहेको उल्लेख गरेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार