Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • बाढीपहिरोबाट भएको क्षतिको निरीक्षण गर्दै प्रधानमन्त्रीले भने- गुरुयोजनामार्फत् समस्याको सम्बोधन गर्छु

    बाढीपहिरोबाट भएको क्षतिको निरीक्षण गर्दै प्रधानमन्त्रीले भने- गुरुयोजनामार्फत् समस्याको सम्बोधन गर्छु

    अनलाइन नेपाल
  • बिहिबार, ४ कार्तिक २०७८
  • 1.5K
    SHARES

    प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा कञ्चनपुरको दोधारा चादँनीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै । तस्बिर:रासस

    कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिममा बाढी र पहिराबाट भएको क्षति र पीडितलाई सम्बोधन हुनेगरी गुरुयोजना बनाइने बताएका छन् ।

    बाढी प्रभावित क्षेत्र निरीक्षणका क्रममा आज साँझ कञ्चनपुरको दोधारा–चाँदनी पुगेका प्रधानमन्त्री देउवाले सुदूरपश्चिम बाढी र पहिराबाट नराम्ररी प्रभावित भएको बताए ।



    ‘बाढी र पहिराले यहाँको अवस्था नै दयनीय बनाइदिएको मैले निरीक्षणका क्रममा पाए’, प्रधानमन्त्री देउवाले भने, ‘निरीक्षणपछि काठमाडौँ फर्किएर गुरुयोजना बनाएर सम्बोधन गरिनेछ ।’ उनले आफू निरीक्षणका क्रममा यहाँ बाढी र पहिराले पुर्याएको क्षति देखेर दुखित भएको समेत बताए ।



    प्रधानमन्त्री देउवाको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्री रमेश लेखक, नारायणप्रकाश साउद र वीरबहादुर बलायर सहभागी थिए । प्रधानमन्त्रीले डोटी, बझाङ, बैतडी, डडेल्धुरा हँुदै बाढीको क्षति र अवस्थाबारे आज साँझ कञ्चनपुर पुगेर स्थलगत जानकारी लिएका थिए । उनले कञ्चनपुरमा ब्रह्मदेव र महाकाली तटीय क्षेत्रमा हवाई निरीक्षणसमेत गरेका थिए।

    सुदूरपश्चिममा बाढी र पहिराका कारण ३१ जनाको मृत्यु भइसकेको छ भने २३ जना बेपत्ता र १७ जना घाइते भएका छन् । पहिराले सडकमा क्षति पुगेपछि पहाडी जिल्लाको यातायात सेवा अझै निर्वाधरूपमा सञ्चालन नहुन सकेको छैन ।-रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार